बजारमा दसैँको रौनक
काठमाडौँ, २२, असोज । अघिल्लो सालको दसैँ–तिहारमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको कारण आर्थिक गतिविधिहरू सुस्त बनेको थियो भने यो वर्ष दसैँका लागेसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा र खाद्यान्नदेखि बस र हवाई कम्पनीहरूसमेत दसैँको चहलपहलले लाभान्वित बनेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बिक्री गर्ने खसी–बोका काठमाडौं ल्याएको छ । कम्पनीका सहायक महाप्रबन्धक श्रीमणि खनालका अनुसार बिहीबार साँझ दाङबाट एक ट्रक (एक सय ९० वटा) खसी–बोका ल्याइएको हो । ‘दाङबाट कुल आठ सय खसी–बोका खरिद भएका छन् । त्यसमध्ये पहिलो खेप आएको हो । अब क्रमशः आउन थाल्छन्,’ उनले भने । त्यस्तै, मकवानपुरबाट एक हजार दुई सय खसी–बोका खरिद गरेको र शुक्रबार बिहानबाट आउन सुरु हुने उनले बताए ।
खाद्यले शुक्रबारबाट खसी–बोका बिक्री थाल्ने योजना बनाएको थियो, तर मूल्य निर्धारण गर्न ढिलाइ भएकाले शनिबारबाट बिक्री गर्ने तयारी छ । खाद्य कम्पनीले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा मूल्य निर्धारण गर्नेछ । बिहीबार कलंकीस्थित खसी बजारमा जिउँदो खसी–बोकाको मूल्य ६ सय ५० रुपैयाँ प्रतिकिलो आसपासमा खरिद–बिक्री भएको छ । खाद्यले यही मूल्यलाई आधार मानेर मूल्य निर्धारण गर्ने तयारी गरेको छ ।
खाद्यले दाङका किसानबाट प्रतिकिलो पाँच सय ४५ देखि पाँच सय ६५ रुपैयाँ प्रतिकिलोका दरले खसी–बोका खरिद गरेको छ । त्यस्तै, मकवानपुरबाट पाँच सय ७० रुपैयाँ प्रतिकिलोसम्ममा खरिद गरेको खनालले बताए । ‘हाम्रो लागत मूल्यभन्दा माथि र बजार मूल्यभन्दा कम दरमा मूल्य निर्धारण गर्ने योजनामा छौँ,’ उनले भने ।
व्यवसायीले पनि दसैँ नजिकिँदै गरेपछि खसी–बोका आयात बढाएका छन् । सामान्य अवस्थामा हप्तामा दुई दिन ९आइतबार र बिहीबार० तीन–चार ट्रकका दरले खसी–बोका ल्याउने गरेकोमा घटस्थापनादेखि नियमित रूपमा ट्रकमा खसी–बोका ल्याउने चौपाया खरिद–बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले बताए । उनका अनुसार यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसी–बोका उपत्यकामा खपत हुने गरी आपूर्तिको तयारी गरिएको छ । यसमध्ये भारतबाट ४० प्रतिशत र स्वदेशी ६० प्रतिशत खसी–बोका उपलब्ध हुनेछन् । व्यवसायीले च्यांग्रासमेत ल्याएका छन् । जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय रुपैयाँसम्म तोकिएको छ ।