image
image

दसैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदै

काठमाडौँ, २२, असोज । दसैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दसैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदैछ ।  ब्रह्मचारिणी देवीको पूजाका लागि बिहानैबाट शक्तिपीठहरुमा दर्शनार्थीको भीड लागेको छ ।

आज राजधानीका मैतीदेवी, तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, इन्द्रायणी, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकालीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ । 

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा आरधाना गरी मनाइन्छ । 

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।