image
image

हटाईयो नागढुंगा प्रहरी प्रभागका सबै प्रहरी

काठमाडौँ २१ असोज ।   नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ। कार्यालयले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर नयाँ टोली पठाइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उक्त प्रभागमा कायम भएको दरबन्दी अनुसार नयाँ प्रहरी निरीक्षकसहित टोली खटाइएको छ। प्रहरीले आन्तरिक गुनासो सम्बोधन, चाडवाडको समयमा आइरहेको गुनासो र प्रहरी आन्तरिक शुद्धीकरणको लागि नागढुंगाको टोली परिवर्तन गरिएको सुवेदीले बताए ।  
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।