image
image

राजमार्ग कुनामा दबिएर रहेको विशाल ढुंगाका कारण जोखिम बढ्दै

काठमाडौँ २१ असोज । ठूलो ढुंगा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ। कुनातर्फ रहेको एक विशाल ढुंगाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतहतर्फ दबिन थालेका कारण जोखिम बढेको हो।

सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनौं सवारीसाधन ओेहरदोहर गर्दै आएको छ। ढुंगा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ कि भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको  छ।

गोसाइँकुण्ड गाउँपालिका-५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुङ्गा पल्टिन्छ कि भन्ने डरले  मोटरको गतिलाई तीव्ररूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौंसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताए।आफूले सवारीसाधन गुढाइ ओहोरदोहर गर्दा ढुंगाको अवस्था हेर्ने गरेको र १०/१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुंगा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिए। 

नेपाल-चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ।राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताए।

सो ढुङ्गा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन। ढङ्गा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आम नागरिकमा त्रास देखिएको छ। भिरालो भू-भागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असुली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ।
 
ढुङ्गाभन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ वि.सं २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ।ढुङ्गा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्‍याउन सक्ने भएकाले सो ढुङ्गालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।
 
नेपाल-चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गरेका छन्।सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुङ्गाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेँसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कुन तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ।

गल्छीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेता पनि गत असार १ गतेको भारी वर्षाले ठाउँ-ठाउँमा भिषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ।
 
सो स्थानमा कार्य सुरू गर्नु पूर्व नै प्राकृतिकरूपले ढुङ्गा लच्किएपछि आफू गम्भीर रहेको बताउँदै प्रमुख भण्डारीले भने, 'दसैं लगत्तै सडकका प्राविधिक याङयाङ खोला केन्द्रित रहने छ।'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।