वायुसेवा निगमका पूर्वअध्यक्षले गरे आत्महत्या
काठमाडौँ, २१, असोज । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले आत्महत्या गरेका छन्। बिहीबार बिहान काठमाडौँको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर उनले आत्महत्या गरेका बताइएको छ ।
घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ। उनी काठमाडौँ महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए। प्रहरीका अनुसार आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनले बिहान मोनिङवाक गएका बेला हाम्फालेका हुन्। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।