image
image
केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेका छन्ः माधव नेपाल

केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेका छन्ः माधव नेपाल

काठमाडौँ, २१, असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भइसकेको आरोप लगाएका छन्।

बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले एमाले सबै हिसाबले पतनको दिसामा गइसकेको दाबी गरे। अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको नेपालले बताए। 

विधान महाधिवशेनको नाममा गरिएको भेला र त्यसले अघि सारेका कुरा पनि गलत देखिएको नेपालको टिप्पणी छ। ‘केपी ओलीलाई सुधार गर्न सकिँदैन भन्नेमा थियौं। त्यही पनि अन्तिमसम्म प्रयास गर्‍यौं। उनी सुध्रिएनन्’ नेपालले भने।

लामो समयदेखि चलिरहेको अन्तरसंघर्ष फेस गर्न नसकेर ओलीले संसद् विघटन गरेको पनि नेपालको दाबी छ । भानुभक्त जोशीजस्तै थुप्रै नेताहरू एकीकृत समाजवादीमा आउने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।