image
image

फोटो पत्रकार संघले दियो वडा दशैंको शुभकामना

काठमाडौँ, २१, असोज । काठमाडौँ फोटोग्राफर संघद्धारा नेपालीहरुको महान चाड विजयादशमी, शुभ–दिपावली, छठ तथा नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज मिति २०७८ असोज २० गते बुधबार सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ, कानुनी सल्लाहकार जयन्ति कुमार ढकाल, वरिष्ठ  फोटोग्राफर योगेन्द्र जंग बस्नेत, संस्थापक अध्यक्ष ओम बहादुर पाण्डे, पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ, नि. वर्तमान अध्यक्ष मोतीबहादुर बोगटी लगायत पूर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिका पदाधिकारी र संघका सदस्यहरुबीच एक आपसमा शुभकामना आदान प्रदान भयो। 

यस कार्यक्रममा संस्थालाई सहयोग गर्नुहुने सहयोगीहरु, पुराना तथा अग्रज फोटोग्राफर साथै नव प्रवेशि फोटोग्राफरहरुको पनि उत्साहजनक सहभागिता थियो। कार्यक्रमको सभापतित्व यसै संघका अध्यक्ष डिगम्बर राजवंशी तथा कार्र्यक्रमको सञ्चालन  संस्थाको सचिव हरि प्रसाद घिमिरेले गर्नुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।