image
image

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ दुलही झैँ सिँगारियो 

काठमाडौँ, २१, असोज । नेपालीहरुको महानचाड दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।

राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि झिलिमिली बनाइएको छ । दसैँ अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।