image
image

हुवावेले सुरु गर्यो ‘सिड्स फर फ्यूचर’ कार्यक्रम, आईटीका विद्यार्थीलाई अनलाईन प्रशिक्षण दिने

काठमडौँ, २०, असोज । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाईन प्रशिक्षण दिने भएको हो ।

अनलाईनबाटै प्रशिक्षण लिनका लागि आईटी पढ्दै गरेका विद्यार्थीले आजदेखि नोभेम्बर ७ सम्ममा अनलाईन आवेदन दिन सक्नेछन् । प्रशिक्षण २९ नोभेम्बर देखि ६ डिसेम्बरसम्म चल्ने छ । आवेदकनका लागि अन्डरग्राजुएट विद्यार्थीले कम्पतीमा ३.० जीपीए ल्याएको हुनुपर्ने, अंग्रेजी भाषामा राम्रो ज्ञान हुनुपर्ने र टेलिकम र सूचना तथा प्रविधि क्षेत्रमा रुची हुनुपर्ने बताइएको छ ।

कम्पनीले विश्वभर सञ्चालन भइरहेको यो कार्यक्रम नेपालमा पनि सञ्चालन गरिएको आज आयोजित कार्यक्रममार्फत जानकारी दिएको छ । यस कार्यक्रमले आईटीका अन्डरग्राजुएट विद्यार्थीले सूचना तथा प्रविधि क्षेत्रमा ज्ञान लिन सक्ने कम्पनीको भनाई छ ।

कार्यक्रममा सहभागी बन्नका लागि www.seedsnepal.com मा गएर आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।