image
image
बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा 

बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा 

काठमाडौँ, २०, असोज । बिहीबारदेखि देशभरका अदालतमा दशैं विदा शुरु हुँदैछ । असोज २१ देखि कात्तिक ३ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

अन्य सरकारी कार्यालयमा घटस्थापनासमेत ६ दिन सार्वजनिक विदा हुने गर्छ । तर अदालतमा भने १५ दिन विदा हुने गर्छ । तर दशैं विदाको अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाइ हुनेछ ।

घटस्थापना, शनिबार र विजया दशमीको दिनबाहेकका अरु दिनमा बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न विहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने उपरजिस्ट्रार ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।