image
image
सरकारमा सहभागी हुने मन्त्रीका विषयमा सल्लाह गर्न  पौडेल समुहको बैठक बस्दै 

सरकारमा सहभागी हुने मन्त्रीका विषयमा सल्लाह गर्न  पौडेल समुहको बैठक बस्दै 

काठमाडौँ, २०, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने मन्त्रीका विषयमा सल्लाह गर्न आफू निकट नेताहरुलाई बोलाएका छन् । उनले निजी निवास बोहराटारमा नेताहरुलाई बोलाएका हुन् ।

नेताहरुसँगको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । पौडेल समूहले आफ्नो भागमा परेका दुई मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको छ । पौडेल पक्षबाट डा.मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरीमध्ये दुई मन्त्री हुने सम्भावना छ ।

कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।