मध्य भोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि आजबाट साधारण सेयर जारी
काठमाडौँ, २०, असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि आजबाट साधारण सेयर जारी गरेको छ। कम्पनीले स्थानीय प्रभावितलाई बाँडफाँट सकेलगत्तै सर्वसाधारणलाई बिक्री खुला गरेको हो।
कम्पनीले असोज २५ गतेसम्म सेयर बिक्री गर्ने छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो।
यसमध्ये तीन लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले दावी गर्न पाउने छन्।
१०० रुपैयाँ अंकित दरका सेयर कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ। कम्पनीले १०२ मेगावाट क्षमताको परियोजना विकास गरिरहेको छ।
कम्पनीले तुलनात्मक रुपमा सस्तोमा परियोजना बनाइरहेको छ। प्रति मेगावाट लागत १६ करोड ६४ लाख रुपैयाँ अनुमान गरिएको छ। कुल लागत १६ अर्ब ९७ करोड रुपैयाँ अनुमान गरिएको छ।