image
image
अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश गर्न पाउने,नेपाली श्रमिकलाई सहज 

अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश गर्न पाउने,नेपाली श्रमिकलाई सहज 

काठमाडौँ, २०, असोज । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबले कोभिड–१९ महामारी जारी रहेका बेला पनि विदेशी नागरिकका लागि यात्रा नीति परिवर्तन गरी केही सहज बनाएको छ ।

खोप नलगाएका यात्रुमा दुई दिन होम क्वारेनटाइन बसेर पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा आफ्नो गन्तव्यमा जान दिइने साउदी अरबको गृह मन्त्रालयले जनाएको छ । यससँगै अब खोप नलगाएका यात्रुहरू पनि साउदी प्रवेश पाउने भएका छन् ।

आठ वर्ष भन्दा कम उमेरका बच्चाहरूलाई मेडिकल टेस्टबाट छुट दिइने छ भने उनीहरूले आगमनको समयदेखि ४८ घण्टासम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सी जनाएको छ ।

नयाँ नियम अनुसार, कुनै पनि अनुमोदित भ्याक्सिन–फाइजर–बायोटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, मोडर्ना, वा जोन्सन एण्ड जोन्सन भ्याक्सिनको एक डोज पनि नलगाई साउदी प्रवेश गर्नेले होम क्वारेनटाइन बस्नुपर्नेछ ।

साउदीले यसअघि आफ्नो देश प्रवेश गर्ने हरेक नागरिकलाई पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने नियम बनाएको थियो । साउदीको यो निर्णयसँगै अब नेपाली कामदारले पाँच दिन संस्थागत क्वारेनटाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।