image
image
वीरगंजका बजारमा म्याद गुज्रिएका सामान बिक्री गर्दै 

वीरगंजका बजारमा म्याद गुज्रिएका सामान बिक्री गर्दै 

काठमाडौँ, २०, असोज । आर्थिक नगरी वीरगंजका बजारमा म्याद गुज्रिएका सामान बिक्री वितरण भइरहेको छ । सरोकारवाला निकायले गरेको बजार अनुगमनको क्रममा म्याद नाघेको समान बरामद भएको हो। धेरै पसलले चाडपर्बको मौका छोपी पसलेले म्याद नाघेको समान बिक्री गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ।

कोरोना महामारीको कारण ६ महिनादेखि १ वर्षसम्म पसलेको गोदाम र पसलमै भण्डरण गरी राखिएको समान पर्वकै अवसरमा बिक्री गर्ने दाउमा रहेको अनुगमन अधिकारीहरुको आशंका छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंजले विभिन्न समयमा गरेको बजार अनुमनको क्रममा म्याद सकिएको खाद्य सामाग्री बरामद गर्दै आएको छ।

व्यापारीले नयाँ म्याद राख्नुका साथै मूल्य सूची समेत बढाएर बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको कार्यालयले जनाएको छ।

पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थमा रिएल जुस कोकोकोला फ्यान्टा, बोटलको पानी लगायतका म्याद नाघेका सामाग्री पाइन्छन् ।

दसैंको मौका छोप्दै व्यापारीहरूले म्याद नाघेका खाद्य सामग्री उपभोक्तालाई झुक्याएर बिक्रीवितरण गर्ने गरेका छन् । वीरगंजको विभिन्न स्थानमा रहेका डिपार्टमेन्ट स्टोर तथा किराना पसलहरुमा पनि यस्ता म्याद नाघेका र आफु खुशी मूल्य बढाएर बिक्री गर्ने गरको उपभोक्ताहरुको गुनासो छ ।

खाद्य सामाग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिवाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने अधिकार रहेको छ ।

यद्यपी कार्यालयले अनुगमन गरेर जरिवाना गरेपनि थप कारवाही नगर्दा अरु व्यपारीहरुको पनि मनोबल बढेको उपभोक्ताहरुको भनाई छ । वीरगंजमा मात्रै ३ हजारभन्दा बढी पसलहरु सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।