image
image

६ घण्टा फेसबुकसहित अन्य एप 'डाउन' हुँदा मार्क जुकरबर्गले गुमाए सात अर्ब अमेरिकी डलर

काठमाडौँ १९ असोज । फेसबुकसहितका एप डाउन भएको केही घण्टामै फेसबुकका सीईओ मार्क जुकरबर्गले झण्डै सात अर्ब अमेरिकी डलरले व्यक्तिगत सम्पत्ति गुमाउन पुगेका छन्।

सोमबार जुकरबर्गको सम्पत्ति झरेर झण्डै १२१ अर्ब डलरमा पुगेपछि उनी बिल गेट्सभन्दा तल झर्दै धनाढ्यहरुको सूचिको पाँचौं नम्बरमा पुगेका छन्। ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गले सेप्टेम्बर १३ देखि १९ अर्ब अमेरिकी डलर गुमाइसकेका छन्। त्यतिबेला उनको सम्पत्ति १४० अर्ब डलर थियो।

सोमबार राती झण्डै ६ घण्टा फेसबुकसँगै यसका पारिवारिक एपहरु इन्स्टाग्राम, ह्वाट्स र ओकुलस एप डाउन भए। फेसबुकले बिछ्याएको इन्टरनेट पूर्वाधार, जसले डेटा सेन्टर र ट्राफिकसँग समन्वय गर्थ्यो, त्यसमा परिवर्तन आएपछि समस्या निम्तिएको फेसबुकले प्रष्टीकरण दिएको छ। जसका कारण सूचना आदानप्रदान बन्द हुनुका साथै अरु डेटा सेन्टरमा पनि समस्या फैलिएर सेवामा अवरोध आएको कम्पनीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।