image
image

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीय आतङ्कित

काठमाडौँ १९ असोज । काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ ।

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयमा आउने विद्यार्थी, कर्मचारी तथा सेवाग्राहीलाई समस्या भएको हो । दैनिक १०औँ हजार मानिस हिँड्डुल गर्नुपर्ने त्यस क्षेत्रमा अध्ययन नगरीकन वडाले जथाभावी सडक भत्काएकाले समस्या भएको छ । वडाले स्थानीय उपभोक्ता समितिसँग समन्वय नगरी डोजर सञ्चालन गरेकाले सडक वरपरका घर तथा कम्पाउन्ड थर्केका र केही चर्केका छन् भने स्थानीयवासीका खानेपानीका पाइप भाँचिएका छन् । पाइपलाइन भाँचिएपछि खानेपानी सेवा अवरुद्ध भएकाले पनि स्थानीवासीलाई थप समस्या भएको छ । वडाले त्यस क्षेत्रको प्राविधिक रुपमा विस्तृत अध्ययन नगरीकन डोजर चलाएपछि स्थानीयवासीद्वय डम्बर थापा र विदुर श्रेष्ठको हाल बनाइएको ढलको संरचना पनि भत्किएको छ ।

त्यसैगरी किशोर गौतमको पर्खाल चर्किएको छ भने प्रयोग भइरहेको खानेपानीको ट्याङ्कीमा ढल पस्न सक्ने सम्भावना देखिएको छ । स्थानीय क्षेत्रमा बिग्रिएका संरचना तथा फुटेका ढलले दुर्गन्ध फैलनाका साथैे वर्सादले पैदल यात्रु हिलाम्य सडकमा चिप्लिने र लड्ने जोखिम बढेको छ । सवारी साधन गन्तव्यमा पुग्न नसकेर फर्काएर जान सक्ने अवस्था छैन ।

वडा सदस्य रश्मी खड्काले स्थानीयवासीका बिग्रिएका संरचना चाँडो निर्माण गरिने बताए । वडाका इन्जिनियर कवीन्द्र मुनिकारले प्राविधिकरुपमा गहिरो अध्ययन नभएको स्वीकार्दै समस्या समाधानका लागि पहल भइरहेको छ भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।