image
image

कर्णालीका दुई लाखभन्दा बढी नागरिकले लगाए कोभिडविरुद्धको खोप

काठमाडौँ, १९, असोज। कर्णाली प्रदेशमा दुई लाखभन्दा बढी नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका १० वटै जिल्लामा गरेर दुई लाख ४१ हजार २४९ जना अर्थात् २२ प्रतिशत जनसङ्ख्याले पूर्ण खोप लगाएका हुन् ।

कर्णाली प्रदेशमा गएको माघदेखि खोप अभियान सञ्चालन भएको थियो । कर्णाली प्रदेशमा बसोबास गर्ने करिब १८ लाख २४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १० लाख ९४ हजार ४५ जना छन् । त्यसमध्ये दुई लाख ४१ हजार २४९ जनाले पूर्ण खोप पाएका छन् ।

सबैभन्दा बढी सुर्खेतमा ७७ हजार १५ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै सल्यानमा ३३ हजार २१, रुकुम पश्चिममा २९ हजार ५५, जुम्लामा २१ हजार ६४, दैलेखमा ३२ हजार ३७६, कालीकोटमा १५ हजार १०८, जाजरकोटमा ११ हजार ७०९, हुम्लामा छ हजार ८५३, मुगुमा नौ हजार ६०८ र डोल्पामा ६ हजार ६३३ जनाले खोप लगाएका छन् ।

प्रदेशमा अझै एक लाख २० हजार ७११ जनाले दोस्रो मात्रा खोप लगाउन बाँकी छ । अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा। रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेश भौगोलिक रुपमा कठिन भएकाले खोप र परीक्षण कार्य भइरहे पनि केन्द्रमा रिपोर्टिङ ढिलाइ भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।