नयाँ बसपार्कबाट मात्रै १७ हजारले लिए अग्रिम बस टिकट
काठमाडौँ १९ असोज ।दशैँ नजिकिदै गर्दा राजधानी काठमाडौँबाट दशैँका लागि घर जान टिकट बुकिङ गर्नेको संख्या बढ्दै गएको छ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । कोरोना महामारीका कारण यो वर्ष टिकट काट्नेको संख्यामा भने कमि आएको छ ।
गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरेका थिए । काठमाडौँको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलङ्कीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यस्तै नयाँ बसपार्क मात्रै नभई अन्य काउन्टरमा टिकेट बुकिङ गर्नेको संख्या घटेको छ ।