image
image

संसद् बैठक आठ मिनेटमै स्थगित

काठमाडौँ, १९, असोज । प्रतिनिधिसभाको मंगलबारको बैठक केही बेरमा नै सकिएको छ । आजको बैठक ८ मिनेट चलेको हो । बैठक यही असोज २२ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ  ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारबाही प्रारम्भ भएको जानकारी गराउनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का सांसदहरूले नाराबाजी गरेका थिए । सभामुख सापकोटाले बैठकलाई व्यवस्थित बनाउनका लागि बस्नका लागि सांसदहरूलाई आग्रह गरे ।

तर, एमालेले अवरोध कायम नै राखेपछि सभामुखले बैठक अघि बढाएका थिए । आजको बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदन पेस भएपछि संसद् बैठक असोज २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

एमालेले केही समयता संसद्मा अवरोध गर्दै आएको छ । सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिस्कार गरेको थियो ।

एमालले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न या मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।