image
image

काठमाडौं उपत्यकामा डेंगु बिरामीका  संख्या बढ्न थाले

काठमाडौँ, १९, असोज। काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ ।

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले चेतनामूलक कार्यक्रम गर्न थालेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–२९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए । कालिकास्थान, घट्टेकुलोलगायत क्षेत्रमा डेंगुको जोखिम देखिएको उनले जानकारी दिए ।

घरको कौसी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उनले बताए ।

कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।