image
image

सुरक्षाको अभावमा चुच्चे नक्सामा समेटिएका तीन गाउँमा जनगणना नहुने

काठमाडौँ, १९, असोज । भारतीय अतिक्रमणमा परेको दार्चुलाका तीन गाउँमा जनगणना नहुने भएको छ । 

सुरक्षाका कारण नेपालको चुच्चे नक्सामा समेटिएका नावी गुञ्जी र कुटीमा जनगणना नहुने भएको हो । अहिले सरकारले दार्चुलाका सबै स्थानीय तहमा घर सुचिकरणको लागि सुपरीवेक्षक खटाए पनि तीन गाउँमा खटाउन नसकेको हो । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म जिल्लाभरी ४५ जना सुपरिवेक्षक खटिएका थिए । 

सरकारले मंसिर ९ गतेबाट जनगणना सुरु गर्दैछ । यो क्षेत्रमा २०१८ साल पछि जनगणना हुन सकेको छैन् । जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले अहिले सुरक्षा उपस्थिति नभएका कारण यो क्षेत्रमा गणना सम्भव नभएको बताउनुभयो ।  नेपाल सरकारको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको ठाउँमा सुपरीवेक्षक पठाउन सम्भव नरहेको पाण्डेको भनाई छ ।

पाण्डेका अनुसार दुई नगर र सात गाउँपालिकामा दुईवटा स्थानीय जनगणना कार्यालय छन् । दार्चुलामा ४९ जना सुपरिवेक्षक खटिएका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।