image
image

बुढानीलकण्ठमा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ, १९, असोज। प्रहरीले चक्कु प्रहार गरी हत्‍या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ बुढानीलकण्ठ नगरपालिका–८ भंगाल बस्‍दै आउका ३५ वर्षीय प्रदिप लिम्बु रहेका छन् ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो।

बुढानीलकण्ठ नगरपालिका–८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ ।

गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।