image
image

चाडवाडको बेला आपराधिक क्रियाकलाप बढ्दै

काठमाडौँ, १९, असोज । कोरोना महामारीले सुनसान बनेका राजधानीका मूख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, नयाँ सडकलगायतका स्थानमा दशैंको किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ । सामान्य मरमसलादेखि लत्ता कपडा र गरगहना किन्नेहरुको भीड मनग्गे देख्न सकिन्छ ।

भिडभाडमा मौकाको फाइदा उठाउदै चोरी गर्ने, पकेट मार्ने र महिला हिंसा गर्ने समूहहरु पनि सक्रिय भएको पाइएको छ । यसै पनि चाडवाडको बेला सक्रिय हुने यस्ता आपराधिक समूहहरुबाट सतर्क रहनु पर्नेमा प्रहरीले जोड दिएको छ । बढी भीडभाड हुने क्षेत्रमा आपराधिक कृयाकलप नियन्त्रणका लागि पर्याप्त मात्रामा सादा पोसाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख अशोक सिह बताउनु हुन्छ ।

कोरोना संक्रमणको खतरा पनि कायमै रहेकाले आपराधिक क्रियाकलाप नियन्त्रणका साथै बजारमा निस्कनेहरुलाई स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा पनि प्रहरी सचेत रहेको काठमाडौ प्रहरी प्रमुख सिह बताउँनुहुन्छ । बर्षमा एक पटक आउने पर्व मनाउने उत्साहसंगै सर्वसाधारणले बजारमा निस्कँदा आपराधिक गिरोहको फन्दा र कोरोना संक्रमणबाट जोगिनेतर्फ पनि सचेत रहनु जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।