image
image

कोभिडका कारण मर्ने प्रत्येकलाई क्षतिपूर्ति दिइने  

काठमाडौँ, १९, असोज । कोभिड १९ का कारण मृत्युवरण गर्न पुगेका प्रत्येक नागरिकलाई क्षतिपूर्तिस्वरूप भारतीय रुपियाँ ५० हजार अर्थात् ६ सय ७४ अमेरिकी डलर दिने सरकारको निर्णयलाई भारतको सार्वोच्च अदालतले सोमबार सदर गरेको छ ।

वकिलहरूले भारतको दैवी प्रकोप व्यवस्थापन कानुनअनुसार कोभिड पीडितहरूका लागि क्षतिपूर्तिको माग गर्दै याचिकापत्र दायर गरेपछि सर्वोच्च अदालतले यो निर्णय दिएको हो ।

भारतमा अहिलेसम्म ४ लाख ४७ हजार जनाभन्दा बढी मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको आधिकारिक पुष्टि भइसकेको छ । तर, स्वास्थ्य विशेषज्ञहरू भने कोरोना महामारीमा यो तथ्यांकभन्दा दश गुणा बढीको मृत्यु भएको हुनुपर्ने विश्वास गर्दछन् ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश एमआर शाहले क्षतिपूर्तिका लागि रिट पुर्‍याएर आवेदन दिएको एक महिनाभित्र मृतकका सम्बन्धित परिवारलाई क्षतिपूर्ति रकम भुक्तान गराइने जानकारी दिएका छन् ।

गत जुनमा याचिकापत्र दायर गर्नेहरूले कोभिड १९ पीडितका परिवारहरूलाई आवश्यक क्षतिपूर्ति दिलाउन अदालतको सहयोग खोजेका थिए ।

यसै गरी गत अगस्टमा प्रधानमन्त्रीको अध्यक्षता रहेको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन निकाय ९एनडीएमए० ले महामारी अझैसम्म समाप्त भइनसकेकाले क्षतिपूर्ति भुक्तानका लागि कति रकम छुट्याउनुपर्ने भन्ने स्पष्ट नभएको व्यहोरा सबै राज्यलाई पत्रमार्फत जानकारी गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।