१२ वर्षे मकर मेलाको तयारी तिव्र
काठमाडौँ १८ असोज । पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा बाह्रवर्षमा लाग्ने मकर मेला आउन अब करिब चार महिना मात्रै बाँकी छ । मेलाका लागि यहाँ केही तयारी थालिएको छ । मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि नगरपालिकाबाट रु पाँच करोड बजेट विनियोजन गरी प्रवेशद्वार निर्माण, पुन्यमाता खोलामा बहने ढल व्यवस्थापन, अस्थायी शौचालय निर्माण, सरसफाइलगायत काम गरिएको नगरपालिकाले जनाएको छ ।
पुरातात्विक महत्वको मन्दिरै मन्दिरको सहर काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा बाह्र वर्षमा लाग्ने मकर मेलाका लागि बेहुली झैँ सिँगारिने भएको छ । मेला भर्न आउने भक्तजनका लागि सहज र व्यवस्थित गराउन मेला व्यवस्थापन समिति गठन गर्नाका साथै सम्बन्धित वडाले पनि आ–आफ्ना क्षेत्रभित्र आवश्यक तयारीका लागि छुट्टै योजना बनाएर अघि बढ्ने भएका छन् ।
“अहिले पूर्वाधार निर्माणको काम अन्तर्गत पुण्यमाता र रोशी खोलामा तीन बेलीब्रिज, नदीमा स्नानका लागि सिँढी, पानी ट्याङ्की, पैदलमार्ग र सवारीसाधनको वैकल्पिक मार्ग निर्माण गर्नाका साथै खोलालाई सुरक्षित राख्न ढल निकासको काम भइरहेको छ ।” नगर प्रमुख भिम न्यौपानेले भन्नुभयो, “पूर्वाधारको काम सकेपछि तिहार लगतै मकर मेला व्यवस्थापन समिति गठन गरेर आवश्यक थप कामका लागि योजना बनाएर अगाडि बढ्नेछौं ।”
मेला तयारीका लागि गत आर्थिक वर्ष रू पाँच करोड र चालू आर्थिक वर्षमा रू तीन करोड गरी रू आठ करोड निकासा गरी काम भइरहेकोे र यसका साथै सहरी विकास मन्त्रालयले रू एक करोड ५० लाख निकासा गरी खोला किनारामा सिँढी निर्माण र त्रिवेणीघाटलगायत आसपासमा सोलार बत्ती जडान गरिएको उहाँले बताउनुभयो ।
अहिले त्रिवेणीघाटकोे मन्दिर जीर्णोद्वार गर्नाका साथै छानामा सरसफाइ गर्ने काम भइरहेको छ । मेला आयोजना गरिने प्रमुख स्थान त्रिवेणीघाटमा स्नान गर्न र माथि रहेको वडा नं ६ को गोरखनाथ मन्दिरसम्म आवतजावतमा सहज तुल्याउन तयारी भइरहेको छ ।
वडा नं ७ का बासिन्दा रत्नलाल जाकीबञ्जाराले मेला व्यवस्थापनका लागि काम गर्दा पहिलो प्रथमिकता फोहर व्यवस्थापनमा दिनुपर्ने बताउनुभयो । उहाँले पहिला पानी खान मिल्ने खोलामा अहिले अव्यवस्थित बजारका कारण ढल मिसाउनेदेखि जथाभावी फोहर फाल्ने गर्नाले निकै दूषित भएको छ भन्नुभयो ।
“रोशी ९लीलावती० खोलाको पानी कडा र पुण्यवती खोलाको पानी नरम हुने गरेको छ ।” उहाँले भन्नुभयो, “पहिलाको त्यस्तो खोला अहिले सफा हराभरा बनाउनका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपथ्र्यो ।” वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीको गुनासो थियो, “नगरपालिकाले मेला व्यवस्थापन कार्यअन्तर्गत गरिरहेको काममा वडासँग समन्वय नै नगरी गरिरहेको छ ।”
“नगरपालिकाले आफ्नै ढङ्गले काम गरिरहेको मेला हुनेस्थल यही वडाभित्रै भएको र आफू पनि यहीको स्थायी बासिन्दा भएकाले समन्वय गरेर काम गरे अझ बढी प्रभावकारी हुन्थ्यो।” उहाँले थप्नुभयो, “बजेट पाएर काम गरेको भने पनि कहाँ कसरी काम भइरहेकोे छ भन्ने कुराको प्रष्ट जानकारीसमेत दिइएको छैन ।”