image
image

सेयर बजार बढाउन माग गर्दै लगानीकर्ता आन्‍दोलित

काठमाडौँ, १८, असोज । पुँजी बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायले सुधारका लागि कुनै पहल नगरेको भन्दै सेयर लगानीकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको माइतीघरमा विभिन्न माग राख्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

स्वतन्त्र पुँजी बजार सुधार संघको आह्वानमा भएको प्रदर्शनमा लगानीकर्ताले मेरो सेयर र टिएमएसको समस्या छिटो समाधान गर, सेयर बजारमाथि अनावश्यक हस्तक्षेप बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

यसअघि असोज ६ गते पुँजी बजार सुधार संघर्ष समितिले धितोपत्र बोर्डमा विभिन्न माग राखी ज्ञापनपत्र पेस गरेको थियो  । आफ्ना माग पाँच कार्यदिनभित्र सम्बोधन गरिने भनिए पनि अहिलेसम्म व्यवहारमा लागू हुन नसकेको लगानीकर्ताको भनाइ छ । उनीहरूले लगानीकर्ताको मागबारे कुनै सुनुवाइ नभए निरन्तर विरोध गर्ने बताए । केन्द्रीय बैंकको पुँजी बजार विरोधी नीतिले सेयर बजार धरापमा परेको आरोप उनीहरूको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।