image
image

पार्टीभित्र कसैको पनि फरक मत छैन : एमाले उपमहासचिव पौडेल

काठमाडौँ, १८, असोज। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको दाबी गरेको छ । पार्टीको विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज नगरेको उनको भनाइ छ ।

सोमबार पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको सोमबार पत्रकारसँग कुरा गर्दै एमाले संगठन विभाग प्रमुख समेत रहेका पौडेलले विचार, संगठनसहित पार्टी सबै हिसाबले एकतावद्ध रहेको दाबी गरे ।

‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ, उनले भने, ‘त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ । यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने देखिन ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ ।’

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको जिकीर गरे । विधान महाधिवेशनको उपस्थिति, त्यहाँ भएको छलफल र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ ।

पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै स्वार्थवस, कुण्ठावस र इस्र्यावस केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छाडेकाहरु पुनः फर्किने क्रम शुरु भएको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।