image
image

दशैंका लागि २ हजार खसीबोका काडमाडौं ल्याइदै, च्यांग्रा नल्याउने

काठमाडौँ, १८, असोज। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन लागेको हो ।

कम्पनीले यस वर्षको दशैंमा च्यांग्रा भने नल्याउने भएको छ । विगतमा कम्पनीले दसैंका लागि खसीबोका र च्यांग्रा दुवै ल्याउने गरेको थियो । दसैंका लागि बिक्री गर्न किसानसँग च्यांग्रा नपाएपछि कम्पनीले यो दसैंमा च्यांग्रा नल्याएर २ हजार खसीबोका मात्र ल्याउने खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । सूचना अधिकारी सुवेदीले कम्पनीले ८ सय खसीबोकी तुल्सीपुर र १२ सय खसीबोका वीरगन्जबाट ल्याउन लागेको बताइन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यापार कम्पनीले दसैंमा बर्सेनि काठमाडौं उपत्यका खसीबोका र च्यांग्रा ल्याएर बिक्री गर्दै आएको छ । दसैंको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगियून् भन्ने उद्देश्यले कम्पनीले दसैंमा खसीबोका बिक्री विभिन्न जिल्लाबाट ल्याएर बिक्री गर्दै आएको हो । व्यापार कम्पनीले अघिल्लो दसैंमा १ हजार ५ सय १० वटा खसी बोका ल्याएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।