स्रोत नखुलेको २२ लाख ९१ हजारसहित एक पक्राउ
काठमाडौँ, १८, असोज । कृष्णनगर नगरपालिका–२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुद्धभूमि नगरपालिका(९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
भुसाललाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।