क्रुज पार्टीबाट एनसीबीले शाहरुखका छोेरा आर्यनलाई कसरी पक्राउ गर्यो ?
काठमाडौँ, १८, असोज । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा लागुऔषध भेटिएपछि नयाँ–नयाँ जानकारी सार्वजनिक भइरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले शाहरुखका छोरा आर्यनसमेत अन्य आरोपीसँग लामो सोधपुछ गरेपछि पक्राउ गरेको छ । यस्तै, अदालतले पनि एनसीबीलाई आरोपीलाई एक दिनको हिरासतमा राख्न आदेश दिएको छ ।
वास्तवमा एनसीबीलाई केही दिन अघि नै क्रुज शिपमा ड्रग्स पार्टी हुँदैछ भन्ने थाहा थियो । त्यसपछि अधिकारीले शिपको टिकट खरिद गरेर त्यसमा यात्रा गरे र बाटोमा नै आरोपीलाई पक्राउ गरे ।
एनसीबीको स्रोतले इन्डिया टुडेसँगको कुराकानीमा रेव पार्टीका बेला त्यहाँ १३ सय देखि १४ सय मानिस उपस्थित भएको जानकारी दिए । तर एनसीबीलाई हज्जारौंको भीडबाट ती ८ देखि १० जनाको खोजी थियो जसबारे गोप्य स्रोतबाट उनीहरुले जानकारी पाएका थिए । तीमध्ये आर्यन खानको नाम स्पष्ट थियो । आर्यन र अरबाज मर्चेन्टमाथि नजर राख्नका लागि एक विशेष एनसीबी अधिकारीलाई राखिएको थियो ।