चाडपर्व लक्षित ट्राफिक सुरक्षा योजना
काठमाडौँ, १८, असोज । नजिकिँदै गरेका दसैंतिहार, छठलगायत चाडपर्व लक्षित गरेर गण्डकी प्रदेश ट्राफिक कार्यालयले सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वको रौनकसँगै कोरोना भाइरसको संक्रमणसमेत बढ्ने सम्भावना रहेको र सवारी दुर्घटना र सवारी नियम उल्लंघनका घटनामा समेत बृद्धि हुन सक्ने ट्राफिकले जनाएको छ । त्यस्ता घटनालाई नियन्त्रण गरी सुरक्षित तवरले चाडपर्व मनाउने, कोरोना महामारीको जोखिम पनि न्यूनीकरण गर्ने वातावरणका लागि प्रदेशका सबै ११ जिल्लालाई कार्यान्वयन गर्न भनिएको छ ।
कार्यालयका प्रवक्ता डीएसपी ठगबहादुर केसीका अनुसार सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना, सवारी साधनको प्रयोग गरी हुने अपराध नियन्त्रण, सडक यातायातलाई सुरक्षित बनाई यात्रुमैत्री वातावरण मिलाउने र कोरोनाको खतराबारे सर्वसाधारणलाई सुसूचित गराउने योजनाले समेटेको छ । क्षमता भन्दा बढी यात्रु र मालसामान ओसारपसार हुन नदिने, यात्रु ठगिने र लुटिने सम्भावनालाई न्यून गर्ने, धार्मिकस्थलमा तीर्थयात्री र दर्शनार्थीको व्यवस्थापन गर्ने र विपद्को उद्धार गर्ने योजनामा छन् ।