image
image
जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्यायो  

जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्यायो  

काठमाडौँ, १८, असोज। जनकपुरधामको रामानन्दचोकमा दश वर्ष अघि पाँच जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका सञ्जय साहको सजायलाई जनकपुर उच्च अदालतले उल्ट्याएको छ ।

उच्च अदालतले आइतबार राती जन्म कैदको सजायलाई उल्ट्याउँदै सात वर्षमा झार्ने फैसला सुनाएको हो । २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै रामानन्द चोकमा बसेको धर्नाका क्रममा भएको बम विष्फोटमा पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।

उक्त घटनाको मुख्य योजनाकार सञ्जय साह टकला भएको ठहर गर्दै जिल्ला अदालत धनुषाले पूर्व सांसद समेत रहेका साहलाई जन्मकैदको सजाय सुनाएको थियो ।

हाल ललितपुरको नक्खु कारागारमा रहेका साहको मुद्धा जिल्ला अदालतबाट उच्च अदालतमा पुगेको थियो । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले आइतबार राति जन्म कैदलाई घटाएर सात वर्षमा झार्ने फैसला गरेको हो ।

साहलाई जनकपुरकै सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्यामा पनि दोषी ठहर गरिएको छ । रामानन्दचोकको बमकाण्डपछि भारतमा लुक्दै आएका साहलाई प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेर ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।