image
image

अङ्गुर नबिक्दा कृषक चिन्तित  

काठमाडौँ, १७, असोज । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ ।
 
रहर लाग्ने गरी फलेका अङ्गुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । कृषकलाई भने लटरम्म फलेको अङ्गुर देख्दा चिन्ताले पिरोल्न थालेको छ । लटरम्म फलेको पुष्ट दाना भएको अङ्गुर बिक्री नभएर बोटमै कुहिन थालेपछि चिन्ताले सताएको हो ।
 
डोल्पालीलाई गुलियो अङ्गुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगञ्ज, सुर्खेतलगायत शहर बजार नै झर्नुपथ्यो । कि त जहाजमा प्रतिकिलो रु ११०सम्म तिरेर झिकाएर खानुपथ्र्यो । यसरी झिकाइएको अङ्गुर पेटभरि खान होइन चाख्न मात्र पाइन्थ्यो । अब समय फेरिएको छ । दुई वर्षयता नगरपालिका भित्रैै फालाफाल अङ्गुर उत्पादन भएको छ । बिहान दिउँसो साँझ जुनसुकै समयमा डोकामा र बोरामा अङ्गुर आइपुग्छ । कुनै विषादी नहालेको गुलियो कालो अङ्गुर पेटमा अटाए जति खान पाइन्छ ।
 
अर्गानिक अङ्गुर नबिकेपछि कृषकलाई गुलियो अङ्गुरले अमिलो पीडा दिन थालेको हो । वडा नं–१ बस्ने सुस्मिता श्रेष्ठले खाँती ज्युलामा व्यावसायिक अङ्गुरखेती गरेकी छ । उनले स्थानीय जातको सिमी, मकै, कोदोलगायत अन्नबाली हटाएर उक्त खेती गरेकी छन् । चार रोपनी जमिनमा सुरु गरिएको अङ्गुर हाँगै झुक्ने गरी फल्न थालेको दुई वर्ष भयो । सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अङ्गुर रोप्न पाउँदा र लगाएको अङ्गुर पहिलो वर्ष फल्दा जति श्रेष्ठमा उत्साह थियो अहिले त्यो उत्साह आधा घटेको छ ।
 
यस वर्ष आफ्नो फार्ममा करिब १५ क्विन्टलसम्म अङ्गुर फलेकामा एक भाग पनि बेच्न नसकिएको गुनासो गर्दै उनले नेपालगञ्ज, सुर्खेतलगायत बजारमा लगेर बेच्न पाए रू चार लाखसम्मको अङ्गुर उत्पादन भएको बताइन्।
 
गत वर्ष रू २०÷२५ हजारको अङ्गुर बेचेँ, यस वर्ष मुश्किलले रु ५० हजारसम्म बिक्री भयो होला, अरु सबै कुहिएर खेर गइरहेको छ, दुःखकष्ट गरेर हुर्काएको अङ्गुर बिक्री नहुँदा मन दुख्छ ।डोल्पामा अङ्गुर बेच्न समस्या छ, डोकोमा बोकेर गाउँगाउँ, मेला पर्वमा पु¥याएर प्रतिकिलो १०० रुपैयाँमा दिँदा पनि बिक्री हुँदैन, गुलियो अङ्गुरले अमिलो पीडा दिएको छ, उनले दुखेसो पोखिन ।
 
एक जना मान्छे नै खटाएर अङ्गुरको रेखदेख गर्नुपर्छ, कुनै निकायबाट घेरबारको व्यवस्था गरिदिएको भए धेरै राहत हुने थियो, त्योभन्दा पनि स्थानीय सरकारले बजारको सुनिश्चत गरे कृषक आत्मनिर्भर भई आर्थिक हिसाबमा पनि मजबुत हुन्थे”, श्रेष्ठले भनिन्।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।