इन्टरनेट सेवा अवरुद्ध गरेको भन्दै दूरसञ्चार प्राधिकरणको आपत्ति
काठमाडौँ, १७, असोेज । नेपाल विधुत प्राधिकरणले जथाभावी फाइवर काटी इन्टरनेट सेवा अवरुद्ध गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ती जनाएको छ। विज्ञप्ति जारी गर्दै नेपाल विधुत प्राधिकरणले जथाभावी रुपमा फाइवर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ती जनाएको हो।
अत्यावश्यक सेवा अवरुद्ध गरेको भन्दै कानुनी कारवाही हुनसक्ने चेतावनी प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विधुत प्राधिकरण बीच पोल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भैरहेको अवस्थामा अनायास इन्टरनेटको तार काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ र दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ र यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्य प्रति यस प्राधिकरण दुखस् व्यक्त गर्दछ्र,ु विज्ञप्तिमा भनिएको छ।
दूरसञ्चार प्राधिकरणले आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गराउन नेपाल विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बन्ध सबै पक्षमा अनुरोध गरेको छ।
राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं र साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुनसक्ने हुँदा सबैपक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन नेपाल विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्बन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौं,विज्ञप्तिमा उल्लेख।