image
image

कांग्रेस हुम्ला सभापतिमा मोहनविक्रम सिंह

काठमाडौँ, १७, असोज । नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन भएका छन्। सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा जिल्ला सभापति भएका हुन्।

सिंह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। हुम्लामा आज महाधिवेशन प्रतिनिधिका लागि भने निर्वाचन छ।

हुम्ला जिल्ला कार्यसमिति उपसभापतिमा बसन्त रोकाय र कैलास भण्डारी चयन भए भने सचिवमा कृष्ण बोहरा र विजया बुढा निर्वाचित भएका छन्।

सहसचिवमा दिलबहादुर शाही र पाल्जोर तामाङ निर्वाचित भएको कांग्रेसले जनाएको छ।

जिल्ला अधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भाग लिएका थिएनन्। उनीहरूले समानान्तर समिति गठन गर्ने चेतावनी दिइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।