image
image

पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकका तार काटन् सुरु

काठमाडौँ १६ असोज  । पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ ।

प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो । आज सांकेतिक रुपमा हरेक वितरण केन्द्रमा कम्तिमा एउटा तार काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, काठमाण्डाैकाे कीर्तिपुर, ललितपुरको इमाडोल लगायतका क्षेत्रमा सांकेतिक रुपमा तार काटेको छ ।

प्राधिकरणले तार काट्दा भरतपुर क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ । अझै पनि सेवा प्रदायकले अटेरी गरेमा आफ्नो पोल प्रयोग गर्ने सबैकाे तार काट्ने प्राधिकरणले चेतावनी दिएको छ । सेवा प्रदायकले भने प्राधिकरणले पोल भाडा चर्को गरी बढाएको भन्दै इन्टरनेटको शुल्क बढाउने घोषणा गरिसकेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।