ईपीएल क्रिकेटमा काठमाडौँ र भैरहवाबीचको खेल स्थगित
काठमाडौँ १६ असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ । आज बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो ।
कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन सकेन । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ । भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको थियो भने ललितपुरसँगको खेलमा बराबरी भएपछि अङ्क बाँडिएको थियो ।
त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल स्थगित भएको थियो । काठमाण्डौ दुई खेलमा एकमा जित र एकमा हारसहित दुई अङ्कका साथ पाँचौं स्थानमा छ । काठमाण्डौले उद्घाटन खेलमा साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको थियो ।
तर दोस्रो खेलमा चितवन टाइगर्ससँग तीन विकेटले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो साढे १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।