image
image

चीनमा सबैभन्दा उचाइमा रहेको मेगा जलविद्युत् आयोजना सञ्चालनमा

काठमाडौँ  १६ असोज। चीनले ३ हजार मिटरको उचाईमा निर्माण गरेको सबैभन्दा ठुलो मेगा जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ । दक्षिण पश्चिम चीनको सिन्चुवान् प्रान्तमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना गत बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।


यालोङ नदीमा निर्मित उक्त परियोजनाको डिजाइन चेङ्डु इन्जिनियरिङ कर्पोरेसनले गरेको हो । परियोजनालाई चीनले आफ्नो ऐतिहासिक र विश्वको जलविद्युत आयोजना विकासको इतिहासमा कोसेढुंगाको रुपमा वर्णन गरेको छ । सो परियोजनामा संसारकै गहिरो जलाशय निर्माण गरिएको छ भने करिब ६८४ मिटर उचाईका ११ वटा उच्च ढलान राखिएको छ । सन् २०१४ अक्टोबरदेखि सो परियोजना निर्माण सुरु गरिएको थियो । उक्त परियोजनासँग प्रतिघण्टा ११ विलियन किलोवाट विद्युत् उत्पादन क्षमता रहेको ग्लोबल टाइम्सले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।