लिपुलेक र कालापानी क्षेत्रमा जनगणना गर्ने तयारी
काठमाडौँ १६ असोज । धेरै वर्ष देखि भारतले दावी गरेको क्षेत्र लिपुलेक र कालापानी क्षेत्रमा पनि जनगणना हुने भएको छ ।तथ्याङ्क विभागले उक्त क्षेत्रम पनि घर दैलोमा पुगेर नै जनगणना गर्ने तयारी गरेको हो ।
मंसिर ९ गतेभित्र सक्ने गरि शुरु गरिएको जनगणना व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभागले घरदैलोमै पुग्ने केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।
त्यस्तै विभागले छनौट भएका गणकहरुलाई कोभिड विरुद्धको खोप लगाइने र कात्तिक २५ मंसिर ९ गतेसम्म फिल्डमा खटाएर गणना सम्पन्न गर्ने विभागको कार्यक्रम रहेको जनाएको छ ।