image
image

पशुपतिको बाबाले गाजाँ नदिँदा छुरा प्रहार गर्ने पक्राउ

काठमाडौँ १५ असोज । पशुपतिका बाबालाई असोज ११ गते छुरा प्रहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पशुपतिका सन्तोष भन्ने बाबालाई बिहान ६ बजेतिर छुरा प्रहार गर्ने चितवनको जगतपुरका तारा बहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । लामिछानेले बाबा सन्तोषलाई गाजाँ मागेको र नदिएपछि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।


लामिछानेलाई आज प्रहरीले हेपाली हाईटबाट पक्राउ गरी सार्वजनिक गरेको हो । लामिछानेको झोलाबाट खुकूरी बरामद गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।