image
image
भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैनःओली 

भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैनःओली 

काठमाडौँ १५ असोज । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएका छन्। शुक्रबार ललितपुरमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी भारतसँगको असमझदारी कुटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छौं। भारतले अनावश्यक आन्तरिक मामिलमा चासो राख्नु हुँदैन । कुनै पनि बहानामा पनि विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन।’

सम्बोधनका क्रममा उनले नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्ने बताए। ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत भूभाग फिर्ता गरेर सीमाको व्यवस्थापन हुनुपर्ने बताए । उनले भारतको नेपालमा चासो रहेको तर हस्तक्षेप अस्वीकार्य हुने बताए ।

भारत र पाकिस्तानबीचको तनावबारे पनि ओलीले बोले । ओलीले अमेरिकालगायत नाटो देशहरुको समेत आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सैनिक हटेको उल्लेख गर्दै भने( ”बाह्य हस्तक्षेप असफल भएको छ । कुनैपनि बहानामा बाह्य हस्तक्षेप ठिक होइन । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।