image
image

दुई महिनामा १० अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौँ, १५, असोज । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा बिभिन्न देशबाट नेपालमा १० अर्ब ३६ करोड ३५ लाख ७६ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा बिभिन्न देशबाट उक्त मूल्य बराबरका १४ लाख ९८ हजार ७६५ थान मोबाइल नेपाल भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड ११ लाख १७ हजार रुपैयाँ बढीको मोबाइल नेपालमा भित्रिएको छ । 
गत आर्थिक वर्ष २०७७/७८ को साउन र भदौ महिनामा ७ अर्ब ९४ करोड २४ लाख ५९ हजार रुपैयाँको ९ लाख ९५ हजार ५ सय थान मोबाइल फोन नेपाल भित्रिएको थियो । 

पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट भित्रिएको छ । सो अवधिमा चीनबाट ६ अर्ब ५७ लाख १२ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । भारतबाट भने उक्त अवधिमा ४ अर्ब ५ करोड ३५ लाख ४१ हजार रुपैयाँको मोबाइल नेपाल भित्रिएको छ । 

भन्सार विभागका अनुसार गत साउन र भदौमा भियतनामबाट २० करोड ६२ लाख ९८ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्सबाट ४ करोड १६ लाख ७८ हजार रुपैयाँ, अमेरिकाबाट २ करोड १ लाख १३ हजार रुपैयाँ, बेलायतबाट ३३ लाख १ हजार रुपैयाँ, कतारबाट ८५ लाख ४२ हजार रुपैयाँ, कुवेतबाट ११ लाख १० हजार रुपैयाँ, हङकङबाट ९१ लाख ९ हजार रुपैयाँको मोबाइल नेपाल आएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।