image
image

आउँदो नोभेम्बरदेखि सीमा खोल्ने तयारीमा अष्ट्रेलिया

काठमाडौँ, १५, असोज । अष्ट्रेलियाले आउँदो नोभेम्बरदेखि खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमणका कारण अष्ट्रेलियाको सीमा १८ महिनादेखि बन्द थियो । हालका लागि अष्ट्रेलियाका नागरिक र कुनै विशेष कारण भएका मानिस अष्ट्रेलियामा प्रवेश गर्न सक्छन् । विशेष कारण नदेखाइ अष्ट्रेलियाबाट बाहिर जान पनि रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमण महामारी रोक्नका लागि अष्ट्रेलियाले अपनाएको यो नियमको एकातिर तारिफ भइरहेको छ भने अर्कोतर्फ यसले परिवारलाई छुट्याएको भन्दै विरोध पनि भइरहेको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका राज्यले यात्राका लागि अनुमति पाउनेछन् ।अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ,’ उनले पत्रकारलाई शुक्रबार भने ।

अष्ट्रेलियाको १४ दिनको होटल क्वारेन्टिनको नीति पनि क्रमश हटाइनेछ । यसको साटो खोप लगाइसकेका यात्रीले सातदिनसम्म आफ्नै घरमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ । यद्यपि, धेरैजसो एयरलाइन्सले तत्कालै पूर्ण सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ । सिड्नी, मेलबर्न, क्यानबेरामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउन लागू गरिएको छ ।

यी प्रभावित क्षेत्रमा हालैका समयमा खोप अभियानलाई तीब्रता दिइएको छ । सिड्नी पनि समावेश न्यू साउथ वेल्स केही हप्तामा ८० प्रतिशतको सीमा पार गर्ने पहिलो राज्य बन्ने बाटोमा छ । मेलबर्न राजधानी भएको भिक्टोरिया पनि पछि छैन ।

 तर केही राज्य– विशेषगरी क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाले  खोप लगाउनेहरुको संख्यामा थप वृद्धि नभएसम्म सीमा बन्द राख्ने धम्की दिएको छ ।

यी राज्यमा कोरोना संक्रमणको दर लगभग शून्य नै छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।