न्यायिक सहजकर्ता राख्दैँ ११५ पालिका
काठमाडौँ, १५, असोज । वाग्मती सरकारले ११५ वटा स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्त गर्ने भएको छ । स्थानीय तहको कामको सिलसिलामा नागरिकलाई हुन सक्ने कानुनी झन्झटलाई सहज तुल्याउन प्रदेश सरकारले यस वर्ष पनि न्यायिक सहजकर्ता नियुक्त गर्न लागेको हो । अघिल्लो आव ०७६/७७ मा प्रदेशका १ सय १६ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्त गरिए पनि गत आवमा कोरोना महामारीलाई देखाउँदै बजेट कटौती गरिएको थियो ।
काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिकामा भने अघिल्लो पटक पनि न्यायिक सहजकर्ता नियुक्त गरिएको थिएन । ‘महानगरसँग पर्याप्त स्रोत र साधन भएका कारण हामीले न्यायिक सहजकर्ता उपलब्ध नगराएका हौं । यस वर्ष पनि महानगरमा राख्दैनौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत पेशलकुमार पोखरेले भने । भक्तपुर नगरपालिकाले न्यायिक सहजकर्ता नचाहिने भनेर पत्र पठाएका कारण नियुक्त नगरिने उनले जनाए ।
चालु आवमा स्थानीय तहको माग र समन्वयको आधारमा न्यायिक सहजकर्ता नियुक्त गर्न लागिएको हो । गत आवमा प्रदेशले बजेट कटौती गरेपछि ७४ वटा स्थानीय तहले आफ्नै स्रोतबाट सेवासुविधा उपलब्ध गराएर न्यायिक सहजकर्तासँग एक वर्षका लागि करार सम्झौता गरेका थिए । ४१ वटाले न्यायिक सहजकर्ता नै राखेनन् ।
मन्त्रालयले यस वर्ष स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरेर ७४ वटा स्थानीय तहका न्यायिक सहजकर्तालाई पुनर्नियुक्ति गर्न लागेको पोखरेलले बताए । ‘४१ वटा स्थानीय तहमा यसै महिनाभित्र राखिसक्ने गरी अन्तर्वार्ता लिइरहेका छौं,’ उनले भने, ‘त्यसैअनुसार छनोट गर्छौं । उनका अनुसार १ सय १५ जना न्यायिक सहजकर्तालाई नै सेवा सुविधा उपलब्ध हुनेछ ।
‘अघिल्लो वर्ष स्थानीय तहले सेवा सुविधा उपलब्ध गराए पनि यस वर्ष प्रदेश सरकारले नै उपलब्ध गराउनेछ,’ उनले भने, ‘स्थानीय तहमा रहेको न्यायिक समितिलाई उजुरी फर्छ्योटमा सहयोगी भूमिका खेल्ने भएका कारण कानुनी सहजकर्तालाई महत्त्व देखिएको हो ।’ प्रदेश सरकारले स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०७८ नै बनाएर नियुक्त गर्न लागेको हो ।