image
image

काठमाडौँमा आज रातिदेखि भिडभाडा, मेला र महोत्सव गर्न रोक

काठमाडौँ १४ असोज । काठमाडौँ जिल्लामा आज रातिदेखि भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशमा कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन भनिएको छ । अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू हुने पनि सूचनामा उल्लेख छ ।।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।