image
image
मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि परे पक्राउ

मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि परे पक्राउ

काठमाडौँ, १४, असोज। १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका(२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका(७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।

कोभिड(१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएको थियो ।

उनलाई पुन सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका २ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका(४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।