विद्युत् अवरुद्ध हुँदा सिमकोट एकसातादेखि अन्धकार
काठमाडौँ, १४, असोज । एकसातादेखि विद्युत् अवरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट अन्धकार भएको छ । मर्मत गरेको एकसाता नपुग्दै फेरि विद्युत् अवरुद्ध हुँदा सदरमुकाम सिमकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म अन्धकार भएको हो ।
०६३ सालमा जडान गरिएको पाँच सय किलोवाट क्षमताको हिल्दुम साना लघु जलविद्युत आयोजना अवरुद्ध हुँदा यहाँका उपभोक्ताहरु प्रत्यक्ष रुपमा मार्कामा पर्दै आएका छन् ।
विद्युत् अवरुद्ध भएसँगै जिल्लाका सरकारी तथा गैह्रसरकारी संस्था, उद्योग, सञ्चारमाध्यम प्रभावित भएका छन् । बिजुली नहुँदा अनलाईनबाट कामकाज हुँदै आएका सरकारी सेवामा समेत अवरोध भएको छ । हिल्दुम साना लघु जलविद्युत आयोजना बर्षेनी मर्मत संभार हुँदै आएको छ । तर पनि समस्याको पूर्ण समाधान भएको छैन ।
हिल्दुम साना लघु जलविद्युत वितरण केन्द्रबाट सेवा लिएका दुई हजार ७ घरपरिवारका उपभोक्ता बर्सेनी मर्कामा पर्दै आएका छन् । गत मंसिर महिनासम्म दुई हजार ७ घरपरिवारले यसै वितरण केन्द्रबाट सेवा लिएका छन् ।
सिमकोट गाउँपालिकाको वडा नम्बर ८ बाहेक सिमकोट गाँउपालिका भित्रका ठेहे, दोजाम, बरगाउँ, तोर्पो, निमाटाङ्ग, लाङदु, टल्की, बुराँउसे, हिल्दुम, सिमकोट डाडाँफया, र खार्पुनाथ गाउँपालिका छिप्रा, माझ, लेख र याङचु बजारका उपभोक्ताले यसै वितरण केन्द्रको विजुली बाल्दै आएका छन् ।