image
image
नेपाली बजारमा सुनको भाउ ओरालो लाग्यो 

नेपाली बजारमा सुनको भाउ ओरालो लाग्यो 

काठमाडौँ, १४, असोज । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १ हजार १२० रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।