image
image

रुकुममा एक युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकप्टरमार्फत  सुर्खेत पठाइयो

काठमाडौँ, १४, असोज । रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र  विक, २४ बर्षीय  गोपाल विक, २१ बर्षीय  विष्णु कामी र  २२ बर्षीय  कृष्ण विक रहेको र उनीहरु  फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।

खानेपानी मुहानको बिषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ । गाडी जान नसक्ने विकट ठाउँ भएका कारण घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत पठाईएको प्रहरी निरीक्षक शाहीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।