image
image

कांग्रेसले साढे दुई महिना बागमती सरकारको नेतृत्व आफूलाई  दिन भन्नु आपत्तिजनकःशेखर कोइराला 

काठमाडौँ, १४, असोज । बागमती प्रदेशमा साढे दुई महिनाका लागि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिन भन्दै गरिएको प्रस्तावप्रति कांग्रेस नेता डा शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन् । 

साढे दुई महिना बागमती सरकारको नेतृत्व आफूलाई गर्न दिन एकीकृत समाजवादी पार्टीलाई कांग्रेस नेतृत्वले प्रस्ताव गरेको भन्दै डा कोइरालाले गम्भीर आपत्ति जनाएका हुन् । 

ुनेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छु, शेखरले भनेका छन् । उनले यस्तो प्रस्तावले कांग्रेस पार्टीलाई कमजोर बनाउने बताएका छन् । 

‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो’ उनले प्रश्न गरेका छन् । 

यस्ता कार्यमा संलग्न नहुन पनि उनले सबैमा आग्रह गरेका छन् । बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा छ । यहाँ सत्तारुढ गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् ।

तर नेतृत्व कसको रहने भन्नेमा सहमति जुटिसकेको छैन । मुख्यमन्त्रीमा कांग्रेससँगै माओवादी र एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।